September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

पहिलो चरणमा चार प्रदेशमा चुनाव

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको १३ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

तर अदालतले निर्वाचन प्रक्रिया रोक्नु नभनेका कारण निर्वाचन आयोगले चुनावको तयारी पनि गरिरहेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई चरणको चुनावमध्ये पहिलो चरण २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्न छलफल भइरहेको बताए । उनका अनुसार दोस्रो चरण अर्थात वैशाख २७ गते १, बाग्मती र कर्णाली प्रदेशमा चुनाव गर्ने छलफल भइरहेको छ ।
स्रोत अन्लाइन खबर
रबी लामिछानेले news24 छोड्नुको कारण हेर्नुहोस भिडियोमा