चिनियाँ राजदूत – जस्तोसुकै अवस्थामा पनि चीन नेपालको पक्षमा उभिनेछ

अन्तरास्ट्रिय

काठमाडौं: नेपाल र चीन असल छिमेकी मित्र हुन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुईपक्षीय सम्बन्ध पारस्परिक सम्मानमा आधारित रहँदै आएको छ । ऐतिहासिक यातायात तथा पारवहन सम्झौताले दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥यायो भने हिमाली सीमा अब समस्याका रूपमा नरहेको सन्देश पनि दियो ।नेपालका लागि चीनका राजदूत होउ यान्छी यतिबेला स्थापित घनिष्ठ दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सक्रिय हुनुहुन्छ । उहाँसँग द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे गोरखापत्रका लागि सम्पादक सल्लाहकार गोपाल खनाल र प्रधान सम्पादक श्रीओम श्रेष्ठले गर्नुभएको कुराकानीमा भन्नुभएको छ- हिमाल तथा नदीहरूले जोडिएका नजिकका छिमेकी चीन र नेपालबीचको सम्बन्ध लामो समयदेखि स्थिर रहँदै आएको छ ।सन् १९५५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि हामीले पञ्चशीलका आधारमा शान्तिपूर्ण सह अस्तित्वलाई आत्मसात् गर्दै सौहार्दपूर्ण सम्बन्ध विकास गरेका छौँ । यो ६५ वर्षको अवधिमा दुई देशबीच आपसी राजनीतिक विश्वास निरन्तर सशक्त बन्दै आएको छ भने अन्य विभिन्न क्षेत्रको सम्बन्ध बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) को परिधिमा आधारित भएर जनता–जनताबीचको आवतजावत सम्बन्ध पनि बलियो बनेको छ ।

सन् २०१९ मा चीन र नेपालबीचको व्यापार साढे एक अर्ब डलर पुगेको छ । गत वर्ष सन् २०१९ मा करिब एक लाख ७० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरे। नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमा चीन दोस्रो ठूलो देश बनेको छ । नेपालको तथ्याङ्क अनु सार ऋण तथा अनुदान दिने विकास साझेदार देशहरूमध्ये चीन पहिलो नम्बरमा छ । त्यसमध्ये एक अर्ब ६० करोड डलर अनुदान रहेको छ ।यो बहुपक्षीय तथा दुईपक्षीय विकास साझेदारहरूमध्ये पहिलो नम्बरमा आउँछ । दुवै पक्षले आपसी हित जोडिएको विषयमा जहिले पनि एकआपसका भित्री चाहनालाई समर्थन गर्दै आएका छन्। फरक–फरक आकार भए पनि दुई देश समानता, भ्रातृत्वपूर्ण सहकार्य र दुईपक्षीय हितमा आधारित सम्बन्धको नमुना बनेका छन् । यो एकदमै महŒवपूर्ण कुरा हो कि गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिहरूले दशकौँ देखिको भ्रातृत्वलाई आधार मान्दै विकास र समृद्धिका लागि आपसी सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा विकास गर्ने सहमति गर्नुभयो ।आदानप्रदान गर्नुपर्ने महसुस गर्नुभयो । यसबाट हाम्रो सम्बन्ध नयाँ युगमा प्रवेश गर्नुका साथै थप विकासका लागि ऐतिहासिक अवसर प्राप्त भएको छ। ६५ वर्षको अवधिलाई पछाडि फर्केर हेर्दा हामी सधँै एउटै डुङ्गाका मित्रहरू हौँ र जब हामीले सङ्कटको सामना गर्नुपर्ने हुन्छ, त्यस्तो बेला सधैँ एकले अर्कोलाई सहयोग गर्दै आएका छौँ ।

सन् २००८ मा जब चीनको सिचुवानमा भूकम्पले नराम्रो धक्का दियो, नेपाल सरकार र नेपालीले हामीलाई सक्दो सहयोगको प्रयास गर्नुभयो ।अनि सन् २०१५ मा जब नेपालमा विध्वंशकारी भूकम्प गयो, चीनले ठूलो मात्रामा उद्धार कार्यहरू गर्नुका साथै भूकम्प पछिको पुनर्निर्माण कार्यमा पनि सहभागी बन्यो । हालसम्म चीनद्वारा सहयोग गरिएकामध्ये पहिलो चरण सकिएका १२ वटा परियोजना सहित, २५ वटा पुनःनिर्माण परियोजनाहरूमध्ये चक्रपथ सुधार परियोजना र दरबार हाइस्कुल पुनःनिर्माण परियोजना सम्पन्न भइसकेका छन् । अन्य परियोजनाहरूको काम पनि निरन्तर अघि बढिरहेको छ ।
यो वर्ष कोभिड–१९ महामारी देखापरेपछि फेरि एकपटक हामीले एक–अर्कालाई साथ दिनुका साथै सहयोग आदान प्रदान ग¥यौँ । चीन सङ्कट ग्रस्त अवस्थामा हँुदा नेपाल सरकार तथा नेपाली जनताले चीनलाई विभिन्नप्रकारले सहयोग गरे । एक–अर्काको नेतृत्वप्रति सम्मान गर्दै समस्याको बेला नेपालको आग्रहअनुसार चीनले स्वास्थ्य सामग्रीहरू सहयोग ग¥यो दुवै देशका विज्ञहरूबीच भिडियो कफ्रेन्समार्फत महामारी रोकथामका बारेमा छलफल भयो, महामारीसँग लड्न नेपाललाई दैनिक आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू आपूर्ति गर्न चीनले कडा मेहनत ग¥यो ।म यही भन्न चाहन्छु कि ‘अकबरी सुनलाई कसी लगाउनुपर्दैन’ । परिवर्तित र पटक–पटकको परीक्षणबाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ। जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ। हामी विश्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी निश्चित रूपमा यो महामारीविरुद्धको सङ्घर्ष जित्नेछौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *