September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

प्रधानमन्त्री ओलीले भगवान रामलाई नेपाली भनेपछि

प्रधानमन्त्री ओलीले भगवान रामलाई नेपाली भनेपछि

उनले उक्त कार्यक्रममा भगवान राम दक्षिणी नेपालको ठोरीमा जन्मिएको पनि बताएका थिए । प्रधानमन्त्री ओलीले भगवान रामलाई नेपाली भनेपछि भने भारतमा खैलाबैला मच्चिएको छ ।सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई रामको आस्थामाथिको खेलबाड गर्न नहुने बताएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भनेका छन् – ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’त्यस्तै भारतिय मिडियामा पनि यस बिषयलाई लिएर विभिन्न समाचारहरु आएका छन् । भारतिय मिडिया आजतकले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सास्कृतिक अतिक्रमणको आरोप लगाएको बताएको छ । आजतकले भनेको छ – ‘ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादको अर्को मोर्चा खोल्दिएका छन्, उनले भारतलाई सास्कृतिक अतिक्रमणको आरोप लगाएका छन् । ‘काठमाडौं – सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतको नभई नेपालकै अयोध्याका भएको बताएपछि भारतमा खैलाबैला मच्चिएको छ । सोमबार भानु जयन्तिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै भएको र भगवान राम पनि नेपाली कै भएको दावी गरेका थिए ।