टाेपबहादुर रायमाझी-का‌ंग्रेस र प्रचण्ड समूहसँग चुनावमा जाने हिम्मत छैन

अन्तरास्ट्रिय

काठमाडाैं । ‘केपी शर्मा ओलीकाे राष्ट्रकाे नायक हाे भन्ने कुरा जनताले बुझिसके’- नेकपा नेता एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले भन्नुभयाे ।नाकाबन्दीकाे सामना गरेर, राष्ट्रियताका सवाल अडिग रहेर सुखी नेपाली समृद्ध नेपालकाे लक्ष्य राखेर काम गर्ने नायक केपी ओली नै हाे भन्ने कुरा जनताले बुझिसकेका उहाँकाे भनाइ छ । ‘केही समयमै सत्य अझ उजागर हुनेछ, जनताले देशको नायक काे हो भन्ने बुझ्नेछन्’- उहाँकाे भनाइ छ ।तीन वर्षसम्म सरकारकाे नेतृत्वमा बसेर खानेहरुले नै अहिले सरकारकाे विराेध गरिरहेका मन्त्री रायमाझीले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे – ‘तीन वर्षसम्म मजाले सरकारमा बसेर खाने, अनि आफू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुुर्‍याउने, ढुंगामुढा गर्ने ?’

केही मानिसहरु विकास र समृद्धिका कुरा गर्दै हुँदा खाँदाकाे सरकारलाई ढालेर सडकमा गएका उहाँले बताउनुभयाे । सबैले ढुंगामुढा र विराेध प्रदर्शन गर्ने हाे भने देश अप्ठेरामा पर्ने बताउँदै उहाँले प्रश्न गर्नुभयाे – ‘सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ ? देश र प्रणाली कसले बचाउँछ ?’प्रतिपक्षी का‌ंग्रेस र नेकपाकै केही नेता चुनावमा जान हिम्मपत नगरेका पनि उहाँले बताउनुभयाे । आफू प्रतिपक्षी भएकाे दाैडेर चुनावमा गइहाल्ने उहाँकाे भनाइ छ । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरु खुशी भएर नयाँ जनादेशमा जानुपर्नेमा किन अप्ठेरो मानेको ?’- उहाँकाे प्रश्न छ ।प्रधानमन्त्रीले वाध्य भएर प्रतिनिधि सभा विघटनकाे निर्णय गर्नुभएकाे उहाँले प्रष्ट पार्नुभयाे । चुनाव घाेषणा हुँदा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि सबै कुरा जनताले बुझेका पनि उहाँले बताउनुभयाे । ‘प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका छन्, विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको’- उहाँले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *