लाइभ समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत खसे पछि

अन्तरास्ट्रिय

काठमाडौं। टिभीमा लाइभ समाचार पढिरहेका बेला एक समाचारवाचिकाको दाँत खसेको घटना अहिले चर्चाको विषय बनेको छ । ती महिला एंकरले यो घटनाको भिडियो स्वयं शेयर गरेर यो घटनाबारे विस्तारमा बताएकी छिन् । मरिका पडल्को नामकी ती महिला एंकर युक्रेनकी हुन् । उनले त्यहाँको एक टेलिभिजन च्यानलमा समाचार पढिरहेकी थिइन् त्यही बेला उनको अगाडिको दाँत निस्कियो ।समाचार पढ्दापढ्दै उनले हात मुखमा लगेर खस्न लागेको दाँत समाइन् ।दाँत निस्किँदा पनि मरिकाले समाचार पढ्न जारी राखिन् र उनले पूरै समाचार बुलेटिन त्यत्तिकै पूरा गरिन् । यो घटनाको भिडियो मरिकाले इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले पोस्टमा अप्रत्याशित घटना भए पनि आफू लाइभ समाचारमा भएकोले शान्त रहेर समाचार पूरा गरेको बताएकी छिन् ।उनले पोस्टमा आफ्नो दाँतबारे पनि लेखेकी छिन् । खासमा उनको दाँत १० वर्ष पहिले भाँचिएको थियो । उनकी छोरी अलार्म घडीसँग खेल्दै गर्दा त्यो घडीले मुखमा लागेर दाँत भाँचिएको उनले बताएकी छिन् । दाँत भाँचिए पनि उनले आफ्नो करिअर जारी राखिन् । उनले भाँचिएको दाँतको ठाउँमा नक्कली दाँत राखिन् । त्यही नक्कली दाँत अचानक खसेको थियो । सामाजिक संजालमा मानिसहरुले उनको तारिफ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *