September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

चीनमा धेरै समयपछि फेरी कोरोनाले एक जनाको ज्या’न लियो

चीनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृ’त्यु भएको छ । चीनमा ८ महिनायता कोरोनाबाट कसैको मृ’त्यु भएको यो पहिलो पटक हो ।
पछिल्लो मृ’त्यु हेबेई प्रान्तमा भएको बताइए पनि यसको पूर्ण जानकारी भने नखुलाइएको समाचार संस्था एएफपीले जनाएको छ ।
पछिल्लो पटक संक्रमण देखिन थालेपछि हेबेईका केही सहरमा पूर्ण लकडाउन गरिएको छ भने ती सहरका सबै नागरिको परीक्षण भइरहेको छ । गत हप्ता चीनले हेबई प्रान्तको राजधानी सिजियाचुवाङमा लकडाउन गर्दै करिब १ करोड ३ लाख नागरिकको परीक्षण सुरु गरेको थियो ।

त्यस्तै गत शुक्रबारदेखि ७० लाख जनसंख्या रहेको चिङ्ताई सहर र ५० लाख जनसंख्या रहेको लाङफाङ सहरमा पनि लकडाउन गरिएको छ । सिजियाचुवाङलाई पछिल्लो लहरको इपिसेन्टर मानिएको छ ।
बुधबार मात्रै संक्रमण फैलिने खतरा रहेको बताउँदै हेइलोङजियाङ प्रान्तले आपत्कालीन अवस्था घोषणा गरेको छ । करिब ३ करोड ७० लाख जनसंख्या रहेको उक्त प्रान्तका नागरिकलाई अत्यावश्यक कामबाहेक प्रान्त नछोड्न निर्देशन दिइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो गत वर्षको मार्च महिनायताकै धेरै संख्या हो ।

डब्लूएचओको टिम पुग्दै

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको विज्ञहरुको टोली बिहीबार चीन पुग्दैछ । सन् २०१९ को डिसेम्बरमा हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पिटर बेन इम्बारेक नेतृत्वमा रहेको १० जनाको टोली बिहीबार वुहान पुग्नेछ ।

स्रोत अन्लाइन समाचार एजेन्सी