ट्रम्प, उपराष्ट्रपति पेन्सले भने-महाअभि’योग प्रस्ताव हास्यास्पद:

अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफूविरू’द्ध दर्ता भएको महाअभि’योग प्रस्ताव हास्यास्पद भएको बताएका छन्।

मेक्सिकोको सीमामा आप्रवासीलाई रोक्न लगाइएको तारबारको निरीक्षण गर्न गएका ट्रम्पले महाअभियोग प्रस्ताव आफूमाथिको प्रहा’रको निरन्तरता भएको बताए।

संसद भवनमा उनका समर्थकले हिंसा फैलाएपछि पहिलो पटक मंगलबार संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले आफूले थप हिंसा भड्काउन नचाहेको भए पनि संसदमा दर्ता भएको महाअभि’योगको प्रस्तावले मानिसहरूलाई रिस उठिरहेको बताए।

ट्रम्पले संसद भवनमा फैलिएको हिंसामा आफ्नो कुनै भूमिका नरहेको जिकिर गरे।
उक्त दिन ट्रम्पले धाँध’ली गरेर आफूबाट चो’रिएको चुनावी परिणामविरूद्ध लडाइँ गर्न समर्थकहरूलाई भनेका थिए।

ट्रम्पले आफूले भनेको त्यो कुरा उचित भएको दाबी गरे।

यसैबीच उपराष्ट्रपति माइक पेन्सले सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै आफूले ट्रम्पलाई हटाउन नसक्ने बताएका छन्।

ट्रम्पबाट अमेरिकी संविधान, राष्ट्र र नागरिकमा गम्भीर खतरा रहेकाले उनलाई तत्काल पदबाट हटाउन पेलोसीले वक्तव्य निकालेकी थिइन्।
ट्रम्पलाई हटाउने दुइटा तरिका छन्- पहिलो महाअभि’योग। दोस्रो- संविधानको २५ औं एमेन्डमेन्ट। सन् १९६७ बाट लागू भएको उक्त एमेन्डमेन्टले राष्ट्रपतिको पद खाली भएमा उपराष्ट्रपतिले उक्त जिम्मेवारी लिने व्यवस्था गरेको छ।

अहिले डेमोक्र्याटहरूले ट्रम्पलाई काम गर्न असक्षम आरो’पमा हटाएर पेन्सले उक्त भूमिका निर्वाह गर्नु पर्ने बताएका छन्।

पेन्सले पेलोसीलाई लेखेको पत्रमा त्यस्तो कदम चाल्नु देश र संविधानको पक्षमा हुने विश्वास आफूलाई नभएको बताएका छन्।

ट्रम्पवि’रूद्धको महाअभियोग प्रस्तावमा बुधबार मतदान हुने छ।

तल्लो सदनबाट महाअभि’योग पारित भए अमेरिकाको इतिहासमै दुई पटक महाअभि’योग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुने छन्।

तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले महाअभि’योग सजिलै पारित हुनेछ। माथिल्लो सदन सिनेटमा पनि उपराष्ट्रपति कमला ह्यारिसले भोट हालेर डेमोक्र्याटको प्रस्ताव पारित गर्न सक्छिन्।

सिनेटको महाअभि’योग प्रक्रिया पूरा हुने बेलासम्म ट्रम्पको कार्यकाल सकिइसकेको हुन सक्छ। सिनेटबाट पनि महाअभि’योग पारित भयो भने ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिन पाउने छैनन्।

यसअघि गत वर्ष पुसमा ट्रम्पविरूद्ध पहिलो पटक महाअभि’योग प्रस्ताव ल्याइएको थियो। तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले उनले सफाइ पाएका थिए।

स्रोत अन्लाइन समाचार एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *