November 24, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

गौरिका सिंह बनिन यस वर्षको उत्कृष्ट खेलाडी हेर्नुस पुरा विवरण

जलपरी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी चयन भएकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं संस्करणको स्पोर्टस अवार्डमा गौरिकाले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् ।
गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले ऐतिहासिक ४ स्वर्णसहित कूल पदक जितेकी थिइन् ।

उनले अवार्ड जित्ने क्रममा १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पारिन् ।

गौरिकाले साग इतिहासमै पहिलो व्यक्तिगत स्वर्ण जित्नुका साथै १३औं सागमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

उनले सागमा नेपालको लागि सर्वाधिक ४ स्वर्ण जित्ने तेक्वान्दव खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरेकी थिइन् भने एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी थिइन् । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उनले सहभागि सबै १२ वटै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

गौरिका सिंह (पौडी)

– वर्ष २०७६ जलपरी गौरीकाका लागि स्वर्णमय रह्यो ।
– १३औं सागमा चार स्वर्णको कीर्तिमान सहित दुई रजत र तीन कास्य जित्न सफल
– सागमा सर्बाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानमा बराबर
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल

स्रोत अन्लाइन समाचार एजेन्सी