फरार अभि’युक्त पक्रा’उ २४ वर्षीया महिलालाई श्रीलंकामा बेच्ने ब्यक्ति

रास्ट्रिय

गैरका’नुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फ’रार रहेका झापा बुद्वशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्रा’उ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई झापाबाट पक्रा’उ गरेको हो ।
अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याएका थिए । श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

स्रोत अन्लाइन समाचार एजेन्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *