September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

१५ सय १ जनाको केन्द्रीय कमिटी केपी ओलीको

नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा थप ३ जनालाई थपेको छ। पुस ७ गते सुरू भएर ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको हो।
पुस ७ गतेको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्‍याउने निर्णय गरेको थियो।

यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ। ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ।
२०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय भएको थियो। त्यसकै आधारमा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ र पूर्वमाओवादीका तर्फबाट २ सय गरी ४ सय ४१ जनाको केन्द्रीय कमिटी थियो। ४ सय ४१ सदस्यी कमिटीमा ओली भारी अल्पमतामा परेपछि केन्द्रीय कमिटी विस्तार गरेका हुन्।

४ सय ४१ मध्ये प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा २ सय ९७ जना रहेका छन्।

स्रोत अन्लाइन समचार एजेन्ट