September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

आज राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।
आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ । यसैबीचमा उनले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।
स्रोत onlinekhabar