July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीशहरुलाई ओलीको चेता’वनी

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नगर्न पूर्व प्रधानन्यायाधीसहरुलाई चे’तावनी दिएका छन् ।
प्रज्ञा भवन कमलादीमा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले गरेको कार्यक्रममा प्रधामनमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतलाई प्रभावित पार्न खोजेको बताए ।

उनले अदालतको संवैधानिक इजलासमा विचाराधीन मु’द्दा सडकबाटै फैसला गर्न मिल्छ, उहाहरुले जे भन्नुहुन्छ त्यसै अनुसार फैसला हुनुपर्ने भन्दै प्रश्न गरे ।

उनले हण्डीबाट चलेको बोलीबाट न्यायालय प्रभावित नहुने उल्लेख गरे । संसदमा आफू दुई तिहाइ समर्थन प्राप्त प्रधानमन्त्री रहेको र अन्यले सरकार बनाउने विकल्प नरहेकोले आफूले संसद विघटन गर्नु संविधा सम्मत भएको ओलीले दावी गरे ।
स्रोत रातोपाटी