September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुने भयो कुन मितिमा कहिले हुने हेर्नुहोस

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ। यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलगायतविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले शनिबारदेखि विभिन्न कार्यक्रम गर्दैछ। सोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रद’र्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ।

साथै कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ। प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ।
स्रोत nagariknews