November 26, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

फेरी पनी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृ’त्यु

दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृ’त्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

स्रोत onlinekhabar
यस्तो उपाय द्वारा पुरानो मोबाइललाई नयाँ जस्तै चल्ने  बनाउनुहोस्