June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

सहकारीका कर्मचारीलाई दिउसै चक्कु हानेर लुट्ने पाँच जना पक्राउ हेर्नुहोस विवरण सहित

काठमाडौंको चाबहिलमा सहकारी संस्थाका कर्मचारीमाथि चक्कु प्रहार गरी लुटपाट गर्ने पाँच जना पक्राउ परेका छन्।

प्रहरीले लुटपाट गर्ने पाँच जनालाई बिहीबार पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

काठमाडौं महानगर-२६ नरदेविका २६ वर्षीय अमित तुलाधर, भुरूङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन शाही नेपाली, बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा, चक्रपथ बस्ने २२ वर्षीय अभय तुलाधर र नरदेवि बस्ने १८ वर्षीय रोहित शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

महाशाखाका अनुसार उनीहरूले बुधबार दिउँसो ३ बजे काठमाडौं-७ चाबहिलको ए वान क्याफे नजिकै सहकारीका कर्मचारीमाथि लुटपाट गरेका थिए।
उनीहरूले सन्दुस बचत तथा ऋण सहकारी संस्था मैतिदेवीमा मार्केटिङ गर्ने कपनका २५ वर्षीय प्रेम गजमेरमाथि चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारपछि घाइते बनेका गजमेरको झोलाबाट उनीहरूले एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेका थिए। त्यसपछि उनीहरू स्कुटरमा फरार भएका थिए।

लुटपाट गर्नेहरूको खोजी गर्दै जानेक्रममा प्रहरीले अमितको कोठाबाट २६ हजार ३ सय ४५ रुपैयाँ फेला पारेको छ।

त्यस्तै घटनामा प्रयोग भएको बा ५९ प २९५६ नम्बरको स्कुटर पनि बरामद गरेको छ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरू लुटपाट गर्नेमा एक्स्पर्ट हुन्।

‘उनीहरूले पहिलेदेखि नै यसरी लुटपाट गर्ने गरेको देखिएको छ। लुट्नमा प्रयोग भएको मोटरसाइकल पनि चोरीकै हो,’ उनले भने।

त्यस्तै, प्रहरीले दुई वटा चक्कु र सहकारीका कागजातहरूपनि फेला पारेको छ।

उनीहरूबाट प्रहरीले चोरीका चार वटा स्कुटर र एक मोटरसाइकल पनि बरामद गरेको छ।

उनीहरूले विगतमा चलिरहेको गाडीबाट चुरोट, कपडा, टिभी लगायतका सामानहरू झिकेर बिक्री समेत गर्ने गरेका थिए। उनीहरूमाथि त्यसरी लुटपाट गरेको अभियोगमा पटक-पटक मुद्दा समेत चलाइसकेको एसपी कार्कीले बताए।

अहिले भने चोरीका मोटरसाइकल प्रयोग गरी लुटपाट गर्ने गरेका थिए।
स्रोत सेतोपाटी

आफैले आफ्नै मोबाइलबाट Imepay को wallet यसरी बनाउनुहोस भिडियो हेर्दै सिक्नुहोस