नयाँ वर्षको एक दिन अघि, बलिउड नायिका दीपिका पादुकोणले उनका प्रशंसकहरूलाई चकित पारेकी छिन्। नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन्। उनको सबै सोसल मिडिया-इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन्।
यतिबेला उनी आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन्।अब उनको प्रोफाइलमा केहि पनि देख्न सकिने छैन। यद्यपी उनको यो कदमले फ्यानहरू एकदम चिन्तित बनेका छन्।
यतिमात्रै होइन, दीपिकाकाे अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन्। उनको सबै सोसल मिडिया अकाउन्टमा उनको फोटोको साटो ‘इन्डिया टुडे’ म्यागजिनको कभर फोटो राखिएको छ।
दीपिका सोसल मिडिया प्लेटफर्ममा निकै सक्रिय रहन्छिन्। उनी आफ्ना फोटो पोस्ट गर्नुका साथै आफ्ना विभिन्न क्रियाकलाप पनि पोष्ट गर्ने गर्छिन्। दीपिका पादुकोणको इन्स्टाग्राममा ५ करोड बढी फलोअर्स छन्, यस्तै ट्वीटर र फेसबुकमा पनि उनका राम्रै फलोअर्स छन्।
यद्यपी दीपिका आफैंले पोस्ट डिलिट गरेकी हुन् वा उनको अकाउन्ट ह्याक भएको हो भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
स्रोत nagariknews
फेसबुकको पासवर्ड बिर्सेमा कसरि फेसबुक खोल्ने??