चिसो मौसममा हाडजोर्नी दुखेर हैरान हुनुहुन्छ ? यसकिसिम घरमै गर्नुहोस् उपचार जनचेतनाको लागी भएकोले साथीहरुलाई सेयर गर्नुहोस

स्वास्थ्य

जाडो मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी वृद्ध, गर्भवती, रोगी लगायतलाई जाडोमा जोर्नीको दुखाईले निकै सताउने गर्दछ ।जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन । तर, केही उपाय छन् जसलाई अपनाएर यसलाई कम गर्न सकिन्छ ।

१. क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ ।

२. हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ ।

३. सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ ।

४. नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । तर भारी व्यायाम गर्नबाट भने बच्नु पर्दछ ।

५. मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।

६. नियमित रुपमा ताजा फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । साथै जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।

७. शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन । शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।

यो पनि :
काठमाडौं – जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ ।त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने गर्छ।

यस समयमा उच्च रक्तचापले गर्दा हृदयघातको हुने सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै जान सक्छ ।त्यसैले हामीले सतर्क अपनाउनु जरुरी हुन्छ हाम्रो शरीरको रक्तचाप सन्तुलन राख्न अपनाउनु पर्ने विभिन्न उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

नुनको प्रयोग कम गर्ने

धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन ।

पौष्टिक अनाजको सेवन

फलफूल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ .

तौल नियन्त्रण

तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

व्यायाम

दैनिक करिब ३० मिनेको व्यायाम स्वीमीङ तथा विरस्क वाकिङ पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ ।

मदिरा सेवन नगर्ने

मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

शान्त रहनुहोस्

व्यस्त जीवनशैलीका कारण अहिले मानिसहरु आफ्ना लागि समय दिन सकिरहेका छैनन् । परिणामस्वरुप उनीहरुमा कुण्ठा भरिँदै गएको छ । झनक्क रिसाउने, कराउने, झगडा गर्ने स्वभाव मानिसहरुमा आएको छ । विभिन्न ध्यान योगा गर्नुहोस् यसले तपाईको मन शान्त राख्न मदत गर्छ ।

यो पनि :
अनुहार मानिसको पहिलो ब्यक्तित्व मानिन्छ । तसर्थ सबैले अनुहारलाई सफा, राम्रो र नरम राख्ने प्रयाश गर्दछन् । तर कतिपय गल्तीले अनुहारको चमक हराउने गर्दछ ।अनुहार चमकहिन बन्दा मानिसहरु महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकदैन । अनुहारको प्राकृतिक चमक फर्काउनका निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. अनुहारको चमक हराउनुमा निन्द्रा र सुत्ने शैली जिम्मेवार हुन्छ । कोहि मानिस पर्याप्त निदाउन सकेनन् भने यसले छालाको चमक हराउने गर्दछ । साथै सुत्दा स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न भए अर्थात पेटको बलले सुतेमा समेत अनुहारको चमक हराउँछ ।

२. यदि सुत्ने सिरानी फोहोर, भद्दा भएमा पनि अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि सधै रेशमको नरम सिरानी प्रयोग गर्नु उपयोगी मानिन्छ ।

३. अनुहारको चमक बिग्रनुमा ओछ्यानमा पुगेर मोवाइल चलाउने बानी पनि पर्दछ । यसले निन्द्रा बिग्राने त छदैछ साथै अनुहारको चमक पनि हराउँछ । मोवाइलको प्रकाशले समेत अनुहारको छालामा हानी पुर्‍याउँछ ।

४. राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले पनि अनुहारको छालामा केहि न केहि असर गर्दछ ।

यी हुन् अनुहारमा चमक ल्याउने उपाय ?
– आफूमा कहिल्यै कब्जियत हुन नदिनुहोस् । – आफ्नो पेट नियमित सफा राख्नुहोस् ।

– पानी एवं झोल पदार्थ पर्याप्त पिउनुहोस् ।– तारेको, भुटेको र मसलेदार खानेकुरा सेवन नगर्नुहोस् ।

– ताजा फलफूल तथा सब्जी सेवन गर्ने बानी बसाउनुहोस् ।– रगतलाई सकेसम्म सफा एवं शुद्ध राख्ने उपाय अपनाउनुहोस् ।
स्रोत edeurali.Com

नेपालको सबै भन्दा खतरनाक सडक सबैले एकपटक हेर्नुपर्ने भिडियो किनकी तपाइको आफन्त पनी पुग्न सक्छ त्यस ठाउमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *