November 23, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

सोयाबिनको तेलमा तिलको तेल भनेर लेबल टाँस्ने पक्राउ

सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् ।

भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्थे । रि–प्याकिङ गर्दा उनले सोयाबिनको तेललाई ‘तिलको तेल’लेखिएको लेबल टाँसेर महँगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले उनलाई कालोबजार तथा सामाजिक अपराध गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।
स्रोत ratopati

संसारमै नभएको अचम्मको फल हेर्नुस के हुन लाग्या हो हेर्नुहोस भिडियो…