July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

यमनमा मन्त्रिपरिषदका नयाँ सदस्य आउनासाथ आक्रमण, प्रधानमन्त्री सुरक्षित

यमनको दक्षिणी शहर अदनको विमानस्थलमा भयानक विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर छिमेकी देश साउदी अरबबाट एक विमान एयरपोर्टमा ओर्लिनासाथ विष्फोट भएको थियो ।

मारिनेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सदस्यहरु भने सुरक्षित छन् । विष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आक्रमण गरेको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक विष्फोट भएको आवाज सुनिएको जनाएको छ । विष्फोटपछि गोली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आक्रमण गरेको देखिन्छ ।

यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा ३६ जना मारिएका थिए ।

यमन सन् २०१५ मा शुरु भएको गृहयुद्धपछि संकटमा छ । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

त्यसपछि साउदी अरबको नेतृत्ववाला सैन्य गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गर्दै आएको छ । त्यसपछि यमनको हालत झन् खराब हुँदै गएको बताइन्छ । यमनको गृहयुद्धमा हालसम्म १ लाख १० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

स्रोत onlinekhabar

संसद विघटनको संकट हेर्नुहोस अब के हुदैछ नेपालमा कता मोडिने हो नेपालको गन्तब्य हेर्नुहोस live भिडियो..
https://youtu.be/GjCaffsktAM