बन्द कोठामा हिटर बालेर सुत्दै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नुहोस्, नत्र हुन सक्छ मृत्यू जनचेतनाको लागी भएकोले धेरै भन्दा धेरै सेयर गर्नुहोला

स्वास्थ्य

जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । कोठालाई न्यानो बनाउन हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्छन् । तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरूको चेतावनी छ । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भइ मानिसको निसास्यिर मृत्यु हुन सक्छ । चिकित्सकहरूका अनुसार जुन कोठामा भेन्टिलेसन छैन् त्यस्तो कोठा पूर्ण बन्द गरेर न्यायो पार्ने सामाग्री बालेर सुत्नु एकदमै खतरनाक काम हो । यसले अक्सिजनको मात्रा पर्याप्त नपुगी मानिसको ज्यान जान सक्छ । कोठा न्यायो पार्नका लागि बालिने कोइला, दाउरा ग्यास हिटर, होलोजन हिटरबाट प्रशस्त मात्रा कार्बन मोनोअक्साइड ग्यास निस्कने गर्छ । त्यो बाहिर जान नपाएपछि मानिसको निसास्सियर मृत्यु हुने गर्छ । यति मात्र नभएर कुनै कार वा गाडीमा झ्याल बन्द गरेर इन्जिन चलाएर भित्र बस्दा पनि मानिसको निसास्सिएर मृत्यु हुने गर्छ । भारतीय छाला विशेषज्ञ अमित लुथराका अनुुसार धेरै बेरसम्म ब्लोअर, हिटर अथवा दाउराको आगो अगाडी बसिरहँदा छाला सुख्खा हुने समस्या देखिन्छ ।
स्रोत nepalpatra

यसरी पुरानो मोबाइललाई नयाँ जस्तै चल्ने बनाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *