दिल्लीमा पनी आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

कोरोना बिशेष

भारतको राजधानी नयाँदिल्लीमा बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ ।

योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ ।
बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतबाट आएका ३३ हजार यात्रुलाई निगरानीमा राखेको बताइएको छ । त्यसैगरी ती यात्रुहरुमध्ये ९ देखि २२ डिसेम्बरभित्र कोरोना लक्षण देखिएका वा पुष्टि भएकाहरुको जिनोम सिक्वेन्सिङ पनि गरिने जनाइएको छ ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला परेको र त्यो जीवाणु बेलायतभर फैलिसकेको खुलेपछि भारतले बेलायतसँग हवाई उडानमाथि ३१ डिसेम्बरसम्मका लागि मात्र रोक लगाएको थियो ।
मंगलबार मात्र भारतमा २० हजार ५५० जना नयाँ संक्रमित थपिएका छन् । या सँगै भारतमा कुल संक्रमितको संख्या १ करोड २४ लाख नाघेको छ । त्यसमध्ये एक लाख ४८ हजार ४३९ जनाको ज्यान गइसकेको छ भने ९८ लाख ३४ हजार १४१ जना निको भइसकेका छन् ।
स्रोत ekantipur
मोबाइल बिग्रियो यसरी आफैले बनाउनु सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *