June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

तीन वटा सवारी एकैचोटि ठोक्किँदा दुई जनाको घटनास्थल मै मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलमा गएराति तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गमा अन्तर्गत मालटोलमा घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो।

सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्यांकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

दुर्घटनामा परी ट्यांकर चालक मोरङको विराटनगर वडा नम्बर ४ का ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमारको मृत्यु भएको हो।

दुर्घटनामा ट्यांकरका सहचालक विराटनगर वडा नम्बर ४ बस्ने धनराज यादव गम्भीर घाइते भएको र उनलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ।

त्यस्तै, भारतीय ट्रकका सहचालक समेत घाइते भएको र उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको प्रहरीले जनाएको छ।
स्रोत सेतोपाटी

हाम्रो युटूब च्यानल भिजिटको लागी यो लिंक थिच्नुहोस
https://www.youtube.com/channel/UCPKieMETHRZExG6qxgsqt6A