July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

कार्की ब्यांक्वेटमा ओली समूहले राख्यो कार्यकर्ता भेला

केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ ।आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । सो बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन। आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा पुगेर प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।आइतबार दिउँसो राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका थिए । मुख्य मन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए । राई दम्पत्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारी सहितका भीआईपीले विवाहिक जीवनको शुभकामना दिएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको को’रोना भाइरस (कोभिड–१९) को संक्रमणको समय भएको भन्दै मुख्य मन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् । बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाउनुभएको छ ।पोखरामा जनता समाजवादी पार्टीले आयोजना कार्यक्रममा उहाँले ओलीले प्रतिनिधिसभा विघटन गरेर असम्बैधानीक कदम उठाएको आरोप लगाउनुभयो ।भट्टराईले निर्वाचन भई हालेमा ओली हार्ने दाबी गर्नुभयो । उहाँले अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।कार्यक्रमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताउनुभयो ।जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले लोकतन्त्रको रक्षाका लागि जनता समाजवादी पार्टीको काँधमा जिम्मेवारी आएको बताउनुभयो । रास्ट्रीय संचार