July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

एकबिहानै ६.४ म्याग्निट्यूडको भूकम्प, सात जनाको मृत्यु

पौष 15, उदयपुर
च्यालेन्ज नेपाल,

क्रोएशियामा मंगलबार ६.४ म्याग्निट्यूडको भूकम्प गएको छ।

भूकम्पबाट कम्तीमा सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

घटनामा कयौं व्यक्ति घाइते भएका छन्।

क्रोएशियाको सरकारी टेलिभिनका अनुसार मृत्यु हुनेमा १२ वर्षिया बालिकासमेत रहेकी छन्। यस्तै ग्लीना भन्ने स्थानमा ४ जनाको मृत्यु भएको छ।

भूकम्पको झट्का बोस्निया, सर्विया र इटालीसम्म महशुस गरिएको थियो।

घटनामा पुरिएकी एक महिलाको उद्धार गरिएको त्यहाँका संचारमाध्यमले जनाएका छन्।

यस्तै भूकम्पका कारण भत्किएको भवनले पुरेको कारबाट बाबु छोरालाई पनि जिवितै उद्धार गरिएको छ।

क्षतिको पूर्ण विवरण आउने क्रम जारी रहेकाले घटनामा थप जनधनको क्षति भएको अनुमान गरिएको छ।
स्रोत सेतोपाटी
चर्चको सबै कुरा झुठ भएको खुलासा हेर्नुहोस भिडियो