June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

के हुन लाग्या हो नेपालमा किसानलाई छैन रासायनिक मल,कुनै ठाउमा धमाधम नष्ट गरिँदै

किसानले नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ । भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको छ ।भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई मल भिजेर कालो डल्ला परेको अवस्थामा आइपुगेको थियो ।गत वर्षसाल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । असोज १८ गते आइपुगेको ४६ हजार बोरा अर्थात २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (५० हजार बोरा) डीएपी मल भिजेको थियो ।आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका प्रतिनिधिले गत मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको बताएका थिए । कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको थियो ।रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन । जाँजपास नहुँदा भन्सारको गोदाममा ठाउँ ओगटिएको छ । कम्पनीले भने १ हजार २२५ मेट्रिक टन मलमात्रै नोक्सान भएको दाबी गरेको छ ।

कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याइरहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।स्वतन्त्र सर्भेयरले प्रयोगका लागि उपयुक्त भनेको मल जाँच पास हुने र बाँकी मललाई जफत गरेर खाल्डो खनेर गाड्ने उनले बताए । ‘ड्यामेज मल छोड्ने कुरा भएन, व्यवस्थापनमा समस्या छ । कति ड्यामेज छ र कति जाँचपास गर्न मिल्ने छ भनेर छुट्याउने काम भइरहेको छ,’ उनले भने ।त्यसका लागि कृषि मन्त्रालयले तोकेको स्वतन्त्र सर्भेयर, विमाका कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनीधि खटिएका छन् । अध्ययन रिपोर्ट आएपछि जाँच पास गर्न मिल्ने जाँचपास गर्ने र नमिल्नेलाई जफत गरेर खाल्डोमा गाडिने उनले बताए ।सप्लायर कम्पनीका कर्मचारीले भिजेको मल व्यवस्थापन गर्न ३ दिनको समय मागेकोमा आफूले ५ दिनको समय दिएको तर काम सम्पन्न नभइसकेको भन्सार प्रमुख खत्री बताउछन् ।मलको क्षतिसँगै बन्दरगाहको गोदाम भाडा बोहोर्नुपर्दा मल सप्लायर्सले दोहोरो नोक्सानी बेहोरिरहेको छ । त्यसैले छिटोभन्दा छिटो प्रक्रिया टुंगियोस भन्ने उसको चाहना छ ।भन्सार अधिकृत चुडामणी कट्टेल रासायनिक मलमा राजश्व नलाग्ने भएकोले काम लाग्ने नलाग्ने छुट्याइसकेपछि जाँचपासको प्रक्रिया मात्रै पूरा गर्नुपर्ने बताउँछन् ।बन्दरगाहमा आइपुगेको मलको जिम्मेवारी सप्लायर्सकै भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्जका प्रमुख आमोज लामिछाने बताउँछन् ।‘२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता भएकोमा सप्लायर्सले हामीलाई ६ हजार ८ सय मेट्रिक टन मल दिन सकेन बालीमा छर्ने समयमा मल पाउन असहज भइरहेको अवस्थामा भिजेको मल आएपछि किसान झनै मर्कामा परेका थिए ।