July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

मातृका यादवको दाबी प्रधानमन्त्री ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागे

नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् ।

ओली अहिलेसम्मका राजनीतिक उपलब्धी तथा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै यादवले प्रतिगमनका विरुद्ध र अग्रगमनको लडाई जारी रहेकोे बताए । उनले ओली सत्ताको बलमा गणतन्त्रण् समाप्त पार्न लागि परेको समेत आरोप लगाए ।

विरोध कार्यक्रममा प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यद्वय समिर भटराई र रामकुमार भटराई, पूर्वसांसद सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, देवेन्द्र पटेल, प्रदेश कमिटी सदस्यहरु शम्भु साह,ओहिद अन्सारी, कमल यादव, प्रदेशसभा सदस्य नागेन्द्र यादव, सहिना खातुन लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
स्रोत रातोपाटी

मोबाइल बिग्रियो यसरी आफैले बनाउनु सिक्नुहोस भिडियो हेर्दै