July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

सपनाको फल के देखे राम्रो, के देखे नराम्रो

सपनाको फल के देखे राम्रो, के देखे नराम्रो

रातमा पहिलो प्रहर, दोस्रो प्रहर, तेस्रो प्रहर, र चौंथो प्रहर गरी ४ प्रहर हुन्छन् । जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ, त्यो सपनाले एक वर्षमा फल दिने खालको हुन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुन्छ । तेस्रो पहरमा देखिएको सपनाको फल एक महिनामा प्राप्त हुन्छ । चौंथो प्रहरमा देखिएको सपनामो फल पन्ध्र दिनमा प्राप्त हुन्छ । अरुणोदयको बेलामा सपना देख्यो भने एक दिनमा नै सपनाको फल प्राप्त हुन्छ । बिहानी पख सपना देखेर फेरि निदाएन भने त्यो तत्काल फल दायक हुन्छ ।दिनमा आएका अनेक तर्क र वितर्क र वृतान्तहरु राती स्वप्नमा देखियो भने त्यस्तो सपनाको कुनै फल हुदैन । होस हराएको, सा-है डराएको, दिसा पिसावले च्यापेको, नांगै सुतेको, कपाल फुकाएर सुतेको वा सुतेकी, यस्तो बेलामा देखिएको सपनाको कुनै जाती नजाती फल हुँदैन । जसले राम्रो सपना देखेर निन्द्राको तालमा फेरी सुत्यो भने तथा रात्रिमै कसैलाई आफूले देखेको सपनाको बारेमा सुनायो भने सपनाको फल पाईदैन वा कुनै चिन्तामा परिनेछ ।आफुले देखेको सपना शत्रुलाई सुनायो भने भय प्राप्त होला । मुर्खलाई सुनायो भने विवाद होला । रात्रिमा सपना कसैलाई सुनायो भने चोरको भए हुनेछ ।

सपनामा हात्ती, घोडा, गाई, पर्वत, तरवार, देवल तथा रुख चढेको देखियो भने अथवा त्यही बसेर केहि खायो भने, रोएको देख्यो वा धन कसैलाई दिएको देख्यो भने, हातमा विणा लिएको देख्यो भने विपनामा भूमि लाभ हुनेछ ।सपनामा घाउ चोट लाग्यो भने कीरा पर्यो भने, झाडा लागे वा रगत मासी परे वा रगतमा मुछिएको देखेमा विपनामा धनवान हुनेछअगम्यमा गमन गरेको सपना देखेमा राम्री प्रेमी–प्रेमीका वा राम्री श्रीमती पाईनेछ ।कुनै रत्नपूक्त शहरमा गयो भने, समुद्रभित्र पस्यो भने, मदिरापान गरेको देखेमा रामा कुरा सुनिने तथा प्रशस्त धन पाईनेछ ।सपनामा सुवर्ण, हात्ती, गाई, घोडा, अन्न, बत्ती, कन्या, फलफूल, ध्वजा, रथ, छाता देखियो भने त्यस्तो सपनाले परिवारमा नयाँ मानिसको आगमन हुने तथा यस कृति फैलनेछ ।जल–पूर्ण घडा, ब्रहण, बल्दो आगो, फूल उत्तम घर, सेतो धान, नटुला सपनामा देखिए धन लाभ हुनेछ ।सपनामा गाई, घ्यू, नर देखियो भने पुन्य कार्य हुनेछ । इच्छित कार्य सफल हुने तथा धन लाभ हुनेछ ।कमलको पातमा दही, घ्यू, केहि मिष्ठान्न आदी कुनै नदिको तटमा बसेर खाएको देखेमा उच्च पोष्ट तथ कार्यकारी पद पाइनेछ भनि स्वप्न ध्यायमा लेखिएको छ ।ज्यो. दुर्गा भण्डारी स्रोत लोकपथ